
जिल्ला समन्वय समिति (जिसस) रूपन्देहीको प्रमुखमा नेपाली कांग्रेसका उमाकान्त चपाई निर्वाचित भएका छन् । शनिवार सम्पन्न निर्वाचनमा गठबन्धनको प्यानल विजयी भएको हो ।
चपाई २० मत ल्याई विजयी हुँदा नेकपा एमालेका प्रतिस्पर्धी नरबहादुर घर्ती मगरले १२ मत ल्याए । ३२ मत रहेको जिसस रुपन्देहीको निर्वाचनमा उपप्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का रामकृपाल धोवी विजयी भएका छन् । धोवीले १६ मत ल्याउँदा एमालेकी पवित्रादेवी श्रेष्ठले १५ मत ल्याइन् ।
महिला सदस्यमा विष्णुमाया सुवेदी जयसवाल, दलित कांग्रेसकै राजमनप्रसाद हरिजन, अब्दुल मोकिम मुसलमान, ऋषिराम बस्याल, मुकेशकुमार पाण्डे, मन्जु परियार, बुधनी चमार विजयी भएका छन् ।