
जनता समाजवादी पार्टी (जसपा) रुपन्देहीका युवा नेता अशोक वर्मा नेकपा एमालेमा प्रवेश गरेका छन् ।
वर्मालाई शनिवार एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले पार्टीमा स्वागत गरे ।
वर्मा जसपा रुपन्देहीका पूर्व सचिव हुन् । उनी २०७४ सालमा रुपन्देहीको प्रदेश सभा क्षेत्र नं. ३ (ख) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार थिए । उनी उद्योगी व्यवसायी पनि हुन् ।
पार्टीमा स्वागत गर्दै पौडेलले सबै नेताहरूलाई उचित स्थान दिने बताए ।