२५ जेठ २०८३, सोमबार

धार्केमा स्थानीयले लुटे मल बोकेका २ ट्रक [भिडियोसहित]

धार्केमा स्थानीयले लुटे मल बोकेका २ ट्रक [भिडियोसहित]

मल बोकेका दुई वटा ट्रक धादिङको धार्केमा लुटिएको छ । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं ल्याउँदै गरेको मल बोकेको ट्रक शनिवार स्थानीयवासीले लुटपाट गरेका हुन् । 

अवैध मल भएको फेला परेपछि सशस्त्र प्रहरीले सो ट्रकहरू काठमाडौं ल्याउन लागेको थियो । 

प्रहरीका अनुसार झण्डै ४०० बोरा मल लुटिएको छ । 

मल लुटिएको भिडियो पनि सार्वजनिक भएको छ, जसमा स्थानीयवासी ट्रकमा चढेर मल लुटपाट गरेको देख्न सकिन्छ । 

अहिले बाँकी रहेको मलसहितको ट्रक काठमाडौं पठाइएको प्रहरी स्रोतले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्