३१ जेठ २०८३, आइतबार

मन्त्री आलेद्वारा प्रसिद्ध शक्तिपीठ बडिकेदारको पदमार्ग शिलान्यास

मन्त्री आलेद्वारा प्रसिद्ध शक्तिपीठ बडिकेदारको पदमार्ग शिलान्यास

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज प्रसिद्ध शक्तिपीठ बडिकेदारको पदमार्ग शिलान्यास गरेका छन् । उनले जिल्लाको दक्षिण भेगमा अवस्थित प्रसिद्ध शक्तिपीठ एवं धार्मिक पर्यटकीयस्थल बडिकेदारमा तीर्थयात्रीका लागि पदमार्ग तथा पूर्वाधार योजनाको शिलान्यास गरेका हुन् ।

उक्त पदमार्ग निर्माणका लागि मन्त्री आलेले रु नौ करोड रकम विनियोजन गरेसँगै आज शिलान्यास गरेको बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दीपेन्द्रराज सिराडीले जानकारी दिए । उनका अनुसार उक्त पदमार्गमा विश्रामस्थल, सिँढी तथा रेलिङ निर्माण गरिने छ । भक्तजन तथा दर्शनार्थीहरूको सहजताका लागि सो क्षेत्रमा पदमार्ग निर्माण गरिन लागिएको हो ।

बोगटान क्षेत्रको जङ्गलमा अवस्थित उक्त शक्तिपीठमा भक्तजनले मनले चिताएका काम पूर्ण हुने भएकाले बडिकेदारमा स्वदेश तथा छिमेकी मुलुक भारतबाट पनि दर्शनार्थी आउने गरेका भनाइ छ । प्रत्येक वर्षको मङ्सिरमा उक्त ठाउँमा मेला लाग्ने गर्दछ ।

salt training

कमेन्ट गर्नुहोस्