१९ असार २०८३, शुक्रबार

इनार सफा गर्ने क्रममा निसासिएर दुईको मृत्यु

इनार सफा गर्ने क्रममा निसासिएर दुईको मृत्यु

माडीमा इनार सफा गर्ने क्रममा निसासिएर दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा माडी नगरपालिका–८ का २५ वर्षीय सूर्य गुरुङ र ३० वर्षीय शिव राई रहेका छन् ।

कार्यालका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार माडी नगरपालिका–७ देवेन्द्रपुरकी रिता रेग्मीको घरको इनार सफा गर्ने क्रममा आज दिउँसो इनारभित्र पसेका गुरुङ निसासिएपछि उनको उद्वारका लागि गएका राईको डोरी चुडिँदा उनीहरु पानीमा डुबेका थिए । 

पानीमा डुबेका उनीहरुको अक्सिजन कमी भएर मृत्यु भएको अनुमान गरिएको छ । इनारको पानी फाली उनीहरुको शव बाहिर निकालिएको कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्