१० साउन २०८३, आइतबार

डाक्टरले गर्न नसकेको कलेजोको उपचार बैद्यले गरेर देखाइदिए, अपरेशन गर्नु नपर्ने

कात्तिक २०, २०७४
डाक्टरले गर्न नसकेको कलेजोको उपचार बैद्यले गरेर देखाइदिए, अपरेशन गर्नु नपर्ने

काठमाडौँ, ७ साउन– ‘कलेजोमा समस्या भएर बाँच्ने आशा मरिसकेको थियो, आयुर्वेदिक औषधि पाएर अहिले ठीक भएको छ,’ ७७ वर्षीया कपित्रामाया लिम्बूले सुनाए ।

तेह्रथुम पौठा–१ स्थायी घर भई हाल कोटेश्वर बस्ने लिम्बूले कलेजोमा समस्या भएर मेडिकेयर अस्पतालमा उपचार गराए तर ठीक भएन । लिम्बूले भने, ‘६÷७ लाख पनि सकियो अस्पतालमा, ठीक पनि भएन, आयुर्वेदिक औषधि पाएपछि अहिले ठीक छ ।”

लिम्बूको शरीरमा रातो रक्तकोष कम हुँदै गएको थियो । ललितपुरस्थित कुपण्डोल गुरुद्वारा नजिकै रहेको गणेश आयुर्वेदीय औषधालय प्रालिका प्रमुख वैद्य गणेशबहादुर राउतसँग परामर्श गरी उनले तीन महिना आयुर्वेदिक औषधि खाएका थिए ।

लिम्बू मात्र हैन, उनीजस्ता धेरैले आयुर्वेदिक औषधिबाट कलेजो समस्याबाट पुनर्जीवन पाएका छन् । बालुवाटार निवासी ८० वर्षीया मीठुदेवी उपाध्यायको पनि आयुर्वेदिक औषधि खाएर स्वास्थ्यमा सुधार आएको छ ।

मीठुदेवीका छोरा डा राजन शर्माले भने, ‘कलेजोको समस्याको मेडिकल औषधि छैन, आयुर्वेदिक औषधि खाँदा सुधार आएको छ, खानामा रुचि पनि बढाएको छ ।’

तनहुँ शुक्लागण्डकी नगरपालिका–११ का ४४ वर्षीय राजु भट्टराईले पनि आयुर्वेदिक औषधिको सेवन गरिरहेकी छन् । ‘आयुर्वेदिक औषधि खाइरहेको छु, अनुहारमा पनि चमक आएको छ, कालो पनि हटेको छ,’ उनले भनिन् ।

भट्टराई कलेजोको उपचार गर्न भनेर काममा बिदा लिएर बसेका थिए । अहिले औषधिको प्रयोगपछि काममा जान सक्ने भएका छन् ।

नवलपरासी कावासोती–२ की ३७ वर्षीया विमला कँडेलले पनि कलेजोमा समस्या देखिएपछि आयुर्वेदिक औषधि खान शुरु गरेकी छन् । ‘कलेजो समस्या भएर औषधि खान शुरु गरेको पाँच÷छ महिना भयो, केही सुधार भएको लाग्छ तर परीक्षण गर्न बाँकी छ,’ उनले सुनाइन् ।

वैद्य राउतले आयुर्वेदको खोज अनुसन्धान गर्ने क्रममा विसं २०४६÷०४७ तिर विश्व स्वास्थ्य संगठनका सहयोगमा १५ महिने तालिम प्राप्त गरेपछि कलेजो उपचार गर्न शुरु गरेका हुन् । उनले २५ वर्षदेखि कलेजोको उपचार गर्दै आएका छन् । तीन सयभन्दा बढी व्यक्तिले उनको उपचारबाट स्वास्थ्य लाभ लिएका छन् ।

बाह्रबिसे नगरपालिका–२ मा ५८ वर्षअघि जन्मिएका वैद्य राउतका अनुसार कलेजो खराबीमा मद्यपानलाई दोष दिइन्छ तर मद्यपान नगर्ने व्यक्तिको पनि कलेजो बिग्रिएको पाइएको छ । ‘कलेजो प्रत्यारोपण नेपालीको हैसियत र पहुँच बाहिरको कुरा हो, प्रत्यारोपणपछि पनि घरमै उपयुक्त वातावरणमा बस्नुपर्ने हुन्छ, सामान्य वातावरणमा बाँच्न सकिँदैन ।’

कलेजो समस्याका कारण ठूलो धनजनको क्षति हुने गरेको छ । नेपाल संसारमा नपाइने जडीबुटी पाइने भए पनि त्यसको भरपुर प्रयोग गरी जनधनको सुरक्षित गर्न सकिएको छैन । कलेजोको समस्या भएमा यसका लक्षण अल्छी लाग्ने, खाना रुचि नहुने र शरीर शिथिल हुँदै गएर छिट्टै मृत्यु हुन्छ । लक्षण थाहा पाउनेबित्तिकै स्वास्थ्य परीक्षण गरेर आयुर्वेदिक औषधि खानुपर्छ ।

कलेजो प्रत्यारोपण गर्नुपरेमा रु ५० लाखभन्दा बढी लाग्छ तर आयुर्वेदीय उपचार अत्यन्तै कम खर्चमा गर्न सकिन्छ । कलेजो किमो दिएकाहरुलाई भने आयुर्वेदीय उपचार गर्न मुश्किल हुन्छ ।

कलेजो मानव शरीरको सबैभन्दा ठूलो अंग हो । कलेजो, फियो, आन्द्रा र मिर्गौलाले पाचन प्रक्रियामा अन्त्यतै महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । कलेजोले विषादीलाई मलमूत्रबाट फ्याँक्ने काम गर्छ । कलेजोसम्बन्धी समस्यालाई संस्कृतमा ‘कामला’, नेपालीमा ‘कमलपित्त’, अंग्रेजीमा ‘जन्डिस’ भनेर बुझिन्छ । विभिन्न कारणले कमलपित्त हुन सक्छ । कमलपित्त भएपछि रातो रक्तकोष निर्माणमा कमी हुन्छ । आयुर्वेदीय औषधि र सचेतना ९आहारविहार० बाट उपचार गर्न सकिने राउत बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्