काठमाडौं ७ साउन– नेकपा एमालेका अध्यक्ष केपी ओली कैलाश मानसरोवको यात्राका लागि चीनको तिब्बत प्रस्थान गरेका छन् । चाइना एयरको बिमानमार्फत अध्यक्ष ओली शनिवार दिउँसो ल्हासा हुँदै तिब्बत गएका हुन् ।
श्रीमति राधिका शाक्य र अन्य सहयोगी सहित अध्यक्ष ओली ल्हासा हुँदै मानसरोवर जान लागेका हुन् । उपाध्यक्ष वामदेव गौतम, महासचिव इश्वर पोखरेल लगायतका नेताहरुले ओलीलाई त्रिभुवन विमानस्थलमा विदाइ गरेका थिए ।