
काठमाडौं, ७ साउन– कतारका (राजा) अमिरले खाडीका चार छिमेकी देशका साथ विवादमा कुराकानी गर्न आह्वान गरेका छन् ।
साउदी अरब, इजिप्ट, बहराइन तथा संयुक्त अरब इमिरेटको तर्फबाट आर्थिक नाकाबन्दीपछि कतारका अमीर तमीम बि हमद अल थानीको यो पहिलो अभिव्यक्ति हो ।
कतारका यी चार छिमेकी देशले चरमपन्थी समूहलाई समर्थन गरेको आरोप लगाएका थिए ।
कतारका अमिरले आफ्नो देशमाथि गरिएको घेराबन्दीकाबीच जनजीवन प्रभावित नभएको प्रतिक्रिया दिए ।
यसअघि अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले जिहादी समूहलाई आर्थिक मदद रोक्ने सम्झौता लागू गर्नका लागि कतारको प्रयासबाट अमेरिका संतुष्ट भएको बताएका थिए ।