
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच शुक्रवार भेटघाट भएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहराले जानकारी दिए ।
उनका अनुसार लामिछाने र खरेलबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।
दुवै पक्षबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको समेत बोहराले जानकारी दिए ।