×

NMB BANK
NIC ASIA

बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पाँच हजार भत्ता

असार १०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेका सरकारी स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई रु पाँच हजार सुत्केरी भत्ता दिइने भएको छ । गैँडाकोट नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को साउन महिनादेखि नै लागू हुनेगरी भत्ताको व्यवस्था गर्न लागेको हो ।

Muktinath Bank

नगर उपप्रमुख शान्ति कोइरालाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुने नगरवासी महिलाका लागि भत्ताको व्यवस्था गर्ने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि तयार गरी भत्ता उपलब्ध गराइने गैँडाकोट नगरका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

त्यस्तै नगरपालिकाले आमा घर कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ । विशेषगरी गैँडाकोट ३ र १८ का गर्भवतीको सुविधाको लागि सुत्केरी हुने मितिभन्दा एकहप्ता पहिलेदेखि नै आमालाई त्यस्तो घरमा बस्ने व्यवस्था गरिने, सुत्केरी भएपछि पनि बस्न दिइने र पोषिलो खाना उपलब्ध गराइने उनले बताए । उपप्रमुख कोइरालाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘सुत्केरी आमाः पोषिलो खाना’ कार्यक्रमलाई प्रभावकारी बनाउनाका साथै गर्भवती तथा सुत्केरीको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन प्रत्येक स्वास्थ्य संस्थाबाट गर्भवती र उत्तरप्रसूति सेवा प्रदान गरिने बताइएको छ । 

Vianet communication
Laxmi Bank

गर्भवतीको सुविधाको लागि नगरपालिकाको वडा नं ३ र १८ स्थित नगर अस्पतालमा आमा घर सञ्चालन गरी सेवा दिइने उल्लेख गरिएको छ । सबैलाई स्वास्थ्य बीमा, सबल स्वास्थ्य प्रणाली, हरेक घरमा खानेपानीका धारा, जनस्वास्थ्यमा लगानी भन्ने नीति लिइएको छ । 

उनले नेपाल सरकारको सबै जनतालाई निःशुल्क खोप लगाउने कार्यक्रम रहेकोले सबै प्रकारका खोप कार्यक्रमलाई नगरले प्राथमिकताका साथ अगाडि बढाउँदै पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिने बताए । 

कोभिड–१९ लगायत महामारी तथा अन्य सङ्क्रामक रोग न्यूनीकरण कार्यक्रमलाई उच्च प्राथमिकता दिँदै यसको रोकथाम, नियन्त्रण, पूर्वतयारी र प्रतिकार्यको व्यवस्था गर्दै नगरपालिकाभित्र जीवन बचाउने औषधि, औषधिजन्य सामग्री तथा सुरक्षा सामग्रीको सहज आपूर्ति वा भण्डारणको व्यवस्था गरी जनतालाई सुरक्षित राखिने पनि उपप्रमुख  कोइरालाले उल्लेख गरे । 

नगर अस्पतालाई प्रादेशिक अस्पतालको रुपमा स्तरोन्नति गर्न प्रदेश सरकारसँग आवश्यक समन्वय गरी गैँडाकोट स्वास्थ्यचौकीलाई नगर अस्पतालको रुपमा स्तरोन्नतिका लागि पहल गर्ने र वडा नं १६ मा रहेको अमरापुरी स्वास्थ्यचौकीलाई स्तरोन्नति  पहल गरिने उनको भनाइ थियो । 

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन गैँडाकोट स्वास्थ्यचौकीबाट बीमा सिफारिस कार्यक्रम अगाडि बढाउन पहल गरिने र नगर अस्पतालबाट प्रदान भइरहेको बाहिरङ्ग सेवा निःशुल्क गरी नगर अस्पतालमा टेलिमेडिसिन सेवा स्थापना गरिने, गर्भ परीक्षणमा लाग्ने शुल्क निःशुल्क गर्दै पायक पर्ने स्थानमा बर्थिङ सेन्टर सञ्चालन गरिने र  नेपाल सरकारबाट तोकिएका सम्पूर्ण औषधि निःशुल्क वितरण गर्ने व्यवस्थालाई व्यवहारमा लागू गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x