
नेकपा एसका नेता एवम् सांसद विरोध खतिवडाले मन्त्री पद त्याग्न तयार रहेको बताएका छन् ।
शुक्रवार बसेको नेकपा एसको पोलिटव्युरो बैठकपछि स्वास्थ्यमन्त्री खतिवडाले मन्त्री पद त्याग्न तयार रहेको बताएका हुन् ।
‘मेरा कुरा लेखेर पार्टीमा दिएको छु, मन्त्री छाड्नको लागि लेखेर दिएको हो’ खतिवडाले भने । तर उनले पार्टीमा लेखेर दिएको निवेदनबारे केही बताउन चाहेनन् ।
मन्त्रीबाट फिर्ता बोलाउने निर्णयविरुद्ध नेकपा एसका ४ मन्त्री सहित १० सांसदले संसदीय दलको बैठक बोलाउन हस्ताक्षर गरेका थिए ।
पोलिटव्युरो बैठकमा अध्यक्ष माधव नेपालले पार्टीको निर्णय सबैले मान्नु पर्ने बताएका थिए ।