०१ साउन २०८३, शुक्रबार

२५ वर्षीय विवेकको अपराध कुण्डली : अन्तत: समातिए

२५ वर्षीय विवेकको अपराध कुण्डली : अन्तत: समातिए

कर्तव्य ज्यान तथा डाका मुद्दामा संलग्न फरार अभियुक्त काठमाडौँ महानगरपालिका–७ गौरीघाट बस्ने २५ वर्षीय विवेक मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ सुन्दरहरैँचा नगरपालिका–९ घर भई काठमाडौँ महानगरपालिका–७ कुमारीगाल बस्ने १९ वर्षीय उज्ज्वल काफ्ले विसं २०७७ जेठ २९ गते मृत फेला परेको घटनाको अनुसन्धानका क्रममा मल्लले विष खुवाउँदा मृत्यु भएको खुल्न आएको प्रहरीले जनाएको छ ।

त्यसपछि उपत्यकाको विभिन्न ठाउँमा डाका चोरी मुद्दामा फरार भएका मल्ललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उदयपुर कटारी नगरपालिका–६ चुहाडबाट पक्राउ गरी ल्याएको हो ।

उनलाई थप आवश्यक कानूनी कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको कार्यालयले एक सूचना जारी गरी जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्