२३ असार २०८३, मंगलबार

अमेरिकामा गर्भपतनको हक खोसियो, ५० वर्ष पुरानो फैसला उल्टी

असार ११, २०७९
अमेरिकामा गर्भपतनको हक खोसियो, ५० वर्ष पुरानो फैसला उल्टी
प्रतिकात्मक तस्वीर

अमेरिकाको सर्वाेच्च अदालतले गर्भपतनको संवैधानिक अधिकार खोसेको छ ।

सर्वाेच्च अदालतले ५० वर्षअघि ‘गर्भपतनको निर्णय लिने हक महिलामा रहेको’ भनेर गरेको फैसला उल्टी गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पछिल्लो फैसलामा भनिएको छ, ‘संविधानले गर्भपतनको अधिकार दिएको छैन । हाम्रो तर्फबाट ‘रो वी वेड’ मुद्दा खारेज गरिएको छ ।

अमेरिकी अदालतले १९७३ मा गर्भपतनको हक दिएको थियो । उतिबेला भनिएको थियो, ‘गर्भलाई के गर्ने भन्ने हक महिलालाई हुन्छ ।’ यो फैसलासँगै अमेरिकामा सुरक्षित गर्भपतनको ढोका खुलेको थियो ।

अहिले गर्भपतनको हक खोसिएपछि देशभर तरङ्ग फैलिएको छ । अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै सडक प्रदर्शन भइरहेका छन् ।

राष्ट्रपति जो बाइडेनले देशवासीलाई सम्बोधन गर्दै प्रदर्शन शान्तिपूर्ण गर्न आह्वान गरेका छन् । पूर्व राष्ट्रपति बाराक ओबामाले समेत अदालतको फैसलाप्रति असन्तुष्टि जनाएका छन् । उनले भनेका छन्, ‘अदालतले ५० वर्ष पुरानो आदेश उल्टी गरेको मात्रै छैन, अमेरिकीको निजी स्वतन्त्रतामाथि हमला गरेको छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्