१२ साउन २०८३, मंगलबार

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक शनिवार बस्दैछ ।

बबरमहलस्थित कार्की बैंकेटमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी कार्ययोजना, संगठनात्मक अवस्था, गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राख्ने वा नराख्नेलगायत विषयमा छलफल हुने बताइएको छ । 

आइतवारसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल, जलवायु परिवर्तन, खाद्य संकट र आर्थिक संकटका विषयमा समेत छलफल गरिने तथा जिल्ला, प्रदेशका वस्तुगत अवस्थाको सम्बन्धित नेताबाट रिपोर्टिङ गरिने छ ।

पार्टीको प्रचार विभागका उपप्रमुख शम्भु श्रेष्ठले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरी छलफल गरिने जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्