
सत्तारुढ गठबन्धनको बैठकले पेट्रोलियम पदार्थको मूल्य कटौती गर्न सरकारलाई निर्देशन दिएको छ ।
शनिवार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा सम्पन्न गठबन्धनको बैठकले मूल्य कटौती गर्न निर्देशन दिएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले बढ्दो महंगी नियन्त्रण गर्न र जनताको जीविकामा सहुलियत दिन पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरिएको जानकारी दिए ।