सरकारले पेट्रोलियम पदार्थमा कर घटाउने निर्णय गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलमा २० रुपैयाँ प्रतिलिटर मूल्य घटाएको छ ।
यससँगै अब प्रतिलिटर पेट्रोलको मूल्य १७९ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।
यस्तै डिजेल तथा मट्टितेलमा प्रतिलिटर २९ रुपैयाँ घटाइ १६३ रुपैयाँ कायम गरिएको छ ।
एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ ।
