१० साउन २०८३, आइतबार

ग्यारेथ बेल लस एन्जलसमा अनुबन्धित हुँदै

असार १२, २०७९
ग्यारेथ बेल लस एन्जलसमा अनुबन्धित हुँदै

वेल्सका कप्तान तथा फरवार्ड ग्यारेथ बेल अमेरिकाको एमएलएस क्लब लस एन्जलस एफसीमा अनुबन्धित हुने भएका छन् ।

एमएलएस क्लबले बेललाई फ्री ट्रान्सफरमा अनुबन्ध गर्न लागेको हो ।

बेलले एक सिजनका लागि लस एन्जलससँग सम्झौता गर्न सहमति जनाएको बताइएको छ ।

स्पेनिस क्लब रियल मड्रिड छाडेपछि बेल क्लब विहीन थिए ।  

३२ वर्षीय बेलले ९ वर्ष रियलमा बिताएर सिजनको अन्त्यसँगै क्लब छाडेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्