
ललितपुर महानगरपालिकामा आइतवारदेखि पानीपुरी र चटपटे बिक्रीमा रोक लगाइएको छ ।
हैजाको जोखिमलाई मध्यनजर गर्दै महानगरपालिकाले एक हप्ताका लागि ठेलामा पानीपुरी बिक्रीमा रोक लगाएको हो ।
पानीपुरीका लागि प्रयोग हुने पानीमा हैजाको जिवाणु भेटिएको भन्दै पानीपुरी नबेच्न नगर प्रहरीले माइकिङ गरेर जानकारी दिएको छ ।
नगर प्रहरी प्रमुख सीताराम हाछेथुले कसैले ठेलामा पानीपुरी र चटपटे बिक्री गरे कारबाही गरिने बताए । पसलमा भने पानी शुद्धीकरण गरेर मात्रै बिक्री गर्न दिइने उनको भनाइ छ ।
काठमाडौंमा हैजाका बिरामी देखा परेपछि ललितपुर महानगरपालिकाले पनि सतर्कता अपनाएको हो ।