२८ असार २०८३, आइतबार
महिला नेतृको एकश्वर

महिला नेतृले मागे चुनावमा प्रत्यक्षतर्फ ३३ प्रतिशत सीट

महिला नेतृले मागे चुनावमा प्रत्यक्षतर्फ ३३ प्रतिशत सीट

सत्ता गठबन्धनमा आबद्ध दलका महिला नेतृहरूले आसन्न प्रतिनिधि सभा/प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ ३३ प्रतिशत सीट सुरक्षित गर्न माग गरेका छन् । 

प्रत्यक्ष चुनाव पुरुष लड्ने र महिला समानुपातिकमा बस्नुपर्ने परिभाषा बदल्न उनीहरूले माग गरेका छन् ।

आइतवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा महिला नेतृहरूले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ नै महिलालाई ३३ प्रतिशत सीट चाहिने बताएका हुन् । नेपाली कांग्रेसकी पुष्पा भुसालले प्रतिनिधि सभामा ३३ प्रतिशत सीट महिलाको लागि सुनिश्चित गर्न माग गरिन् ।

नेकपा माओवादी केन्द्रकी रेखा शर्माले गठबन्धनमा कुरा मिलाउने नाममा महिलालाई कम सीट छुट्टाउन गठबन्धनको ध्यानाकर्षण गराइन् । 

‘गठबन्धनका कारण हालैको स्थानीय तह निर्वाचनमा उत्पीडित वर्गको सीट खोसिएको छ, आगामी चुनावमा प्रत्यक्षतर्फ नै ३३ प्रतिशत महिलालाई चाहिन्छ,’ शर्माले भनिन् । 

माओवादी केन्द्रकी अमृता थापाले स्थानीय तह निर्वाचनको क्रममा महिला ठगिएको भन्दै महिलालाई क्षतिपूर्ति दिनुपर्ने माग गरिन् । उनले प्रतिनिधि सभाको उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्ष अविलम्ब निर्वाचित गर्न माग गरिन् । 

राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले केही निर्वाचन क्षेत्र महिला महिलालाई लडाएर महिला जितेर आउने व्यवस्था सुनिश्चित गर्नुपर्ने माग गरिन् । उनले विदेशमा बस्ने नेपालीको लागि मताधिकार सुनिश्चित गर्नका लागि ऐन नै संशोधन गर्नुपर्ने बताइन् । 

नेकपा एमालेकी विन्दा पाण्डेले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलाको अधिकार सुनिश्चित गर्ने कानून ल्याउन सरकारसँग माग गरिन् । गठबन्धनको नाममा विद्यमान कानूनी व्यवस्थाविपरीत १६३ पालिकामा प्रमुख या उपप्रमुख महिला हुने अधिकार कटौती भएको बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्