
सरुवाविरुद्ध महान्यायाधिवक्ता कार्यालयसमेतलाई विपक्षी बनाई जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरकी सहायक जिल्ला न्यायाधिवक्ता संगीता थोकरले दिएको निवेदन सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ ।
सर्वोच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद पन्थीले निवेदनमा माग गरिएको विषय अदालतको क्षेत्राधिकार भित्र नपर्ने भन्दै दर्ता गर्न नमिल्ने आदेशसहित दरपीठ गरेका हुन् ।
बलात्कारको मुद्दा कमजोर बनाएर प्रतिवादीलाई जोगाउन दिइएको दबाब नमानेर मुद्दाको सफल अभियोजन तथा बहस गरेर प्रतिवादीलाई थुनामा पठाउन भूमिका खेलेपछि आफूलाई अन्यत्र सरुवा गरिएको थोकरले आरोप लगाएकी थिइन् ।
