
काठमाडौं, ८ साउन - नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रयोग गरेको गाडीमा तोडफोड भएको छ । शनिवार रामेछापको मन्थलीमा नेपालले प्रयोग गरेको स्थानीय एमाले कार्यकर्ता होम बुढाथोकीको गाडीमा तोडफोड भएको हो ।
मंगलवार राति रोकिराखेको गाडिमा तोडफोड गरिएको हो । उक्त गाडिमा कोही पनि थिएनन् । जिल्ला प्रहरी कार्यालय रामेछापले उक्त गाडिको पछिल्लो सिसा फुटाइएको जनाएको छ ।
कसले गाडिमा ढुंगा प्रहार गर्यो भन्ने चाहिँ अहिले सम्म नखुलेको प्रहरीले जनाएको छ ।
फाइल तस्वीरः स्रोत एनडिटिभी