
अग्नि ग्रुपले नयाँ महिन्द्रा बोलेरो पिकअप टीभीसी सार्वजनिक गरेको छ ।
नेपालको सबैभन्दा प्रतिष्ठित व्यापारिक समूहमध्ये एक र नेपालमा महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि ग्रुपले शुक्रवार “अग्नि ग्रुप–महिन्द्रा नेपाल” को विभिन्न सामाजिक सञ्जालमा “उद्यमशील नेपालको भरपर्दो साथी” शीर्षकको साथ नेपालको सबैभन्दा भरपर्दो पिकअपको लागि नयाँ भिडियो प्रसारण गरेको छ ।
'उद्यमशील नेपालको भरपर्दो साथीको लोकाचारमा अडिग रहँदै नयाँ टीभीसीले महिन्द्रा बोलेरो पिकअपको भिडियोमा नेपाली जनताको भावनात्मक सम्बन्ध र विश्वासलाई उद्यमशीलता सँग चित्रण गरी प्रस्तुत गरेको छ । महिन्द्रा बोलेरो पिकअप जो असीमित ऊर्जा र सहनशीलताका साथ नेपालको हरेक कुना–कुनालाई जोड्दछ,' विज्ञप्तिमा भनिएको छ ।
अग्नि ग्रुप अटोमोबाइल्स, स्पेयर र सेवाहरूको प्रमुख बिक्रेता भएको भन्दै यो स्केल र क्षमतामा अतुलनीय रहेको कम्पनीको दाबी छ । देशभर ८० भन्दा बढी डिलर र शाखाहरू सम्मिलित नेटवर्कसमेत रहेको कम्पनीले जनाएको छ ।
सामाजिक मिडिया लिङ्कहरूः
https://www.facebook.com/
https://www.youtube.com/watch?
https://www.instagram.com/p/