१५ असार २०८३, सोमबार

मुगुमा ४२ करोड बजेट फ्रीज

कात्तिक २०, २०७४
मुगुमा ४२ करोड बजेट फ्रीज

मुगु, ८ साउन — हिमाली जिल्ला मुगुमा बिभिन्न सरकारी कार्यालयको गत आर्थिक बर्ष २०७३÷०७४ को ४२ करोड ८९ लाख बजेट फ्रिज गएको छ । सरकारी कार्यालयले समयमा काम गर्न नसक्दा बजेट फ्रिजी गएको पाइएको छ ।

अघिल्लो बर्ष १२ करोड ६६ लाख रकम फ्रिज गएको थियो भने यो बर्ष तेब्बर बजेट फ्रिज गएको छ । जिल्लामा रहेका सरकारी कार्यालयहरुमा चालु तर्फको बजेट १ अरब ८४ करोड २५ लाख निकासा भएकामा १ अरब ६० करोड ६५ लाख खर्च भएको र २३ करोड ६० लाख फ्रिज गएको छ ।

पुजीगत तर्फ ६९ करोड ९० लाख निकासा भएको र ५० करोड ९२ लाख खर्च भई १८ करोड ९७ लाख फ्रिज गएको जिल्ला कोष तथा लेखा नियन्त्रणको कार्यालयले जानकारी गराएको छ ।

जिल्लाको २६ वटा सरकारी कार्यालय मध्ये सबै भन्दा बढी जिबिसमा ९ करोड, प्राबिधिक कार्यालयमा १ करोड ६६ लाख, जिल्ला स्वास्थ्य कार्यालयमा ३ करोड चालु र १४ लाख पुजीगत बजेट फ्रिज गएको छ ड्रिलिप प्रोजेक्टको ३ करोड बजेट फ्रिज गएको छ ।

सरकारी कार्यालयले समयमा काम गर्न नसक्दा ४२ करोड बजेट फ्रिज गएको कोष नियन्त्रक नन्द प्रसाद पाण्डेयले भने ‘यत्रो बजेट फ्रिज फाल्नु कार्यालय प्रमुखको गैरजिम्मेवारीपन देखियो’ ।

salt training

कमेन्ट गर्नुहोस्