२३ असार २०८३, मंगलबार

कटुवा पेस्तोलसहित १ जना पक्राउ

कटुवा पेस्तोलसहित १ जना पक्राउ
प्रतिकात्मक तस्वीर

जिल्ला प्रहरी कार्यालय चितवनले कटुवा पेस्तोल र २ राउन्ड गोलीसहित १ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० स्वामीचोक घर भई हाल हाल भरतपुर–५ विकासचोक बस्ने ३२ वर्षीय प्रकाश विक छन् ।

विकको कोठामा शंका लागि चेकजाँच गर्ने क्रममा आइतवार पेस्तोल, गोली, नगद १ लाख १४ हजार, सुनको सिक्री १ र ५ मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्