×

NMB BANK
NIC ASIA

तारकेश्वरमा चक्रपथ निर्माण गरिने

असार १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौंको तारकेश्वर नगरपालिकामा आगामी ५ वर्षभित्र चक्रपथ निर्माण गरी यातायात सेवा सहजरूपमा सञ्चालन गरिने भएको छ ।

Muktinath Bank

काठमाडौंको उत्तर पश्चिम क्षेत्रमा रहेको तारकेश्वरले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै आगामी ५ वर्षभित्र नगरपालिकाका सबै वडालाई समेट्ने गरी तारकेश्वर चक्रपथ निर्माण गरी यातायात सेवा सञ्चालन गर्ने बताएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख कृष्णहरि महर्जनले नगरपालिका भित्रको कला, साहित्यको विकासका लागि प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने बताए ।


Advertisment
Nabil box
Kumari

सबै जातजाति र समुदायका विभिन्न भाषा, लिपी, साहित्य, संगीत, कलाको संरक्षण र विकास गर्न जोड दिने बताइएको छ ।

Vianet communication
Laxmi Bank

स्थानीय सडक कालोपत्र गर्न जोड दिने, ज्येष्ठ नागरिकका लागि विश्रामस्थल निर्माण गर्ने, सार्वजनिक शौचालय निर्माण गर्ने, पानीसहित एक घर, एक धारा अभियान सञ्चालन गर्ने, नगरभित्रका सबै खोलामा आवश्यकता अनुसार करिडोर निर्माण गर्ने तथा वृक्षरोपण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगरपालिका भित्रको यातायातलाई व्यवस्थित गर्न मुख्य चोकमा ट्राफिक बत्ती जडान गर्नुका साथै नगरवासीको सुरक्षाका लागि चोकचोकमा सीसी क्यामरा जडान गरिने बताइएको छ । 

कृषिलाई आधुनिकीकरण गरिने, कौसी खेतीलाई प्रोत्साहन गरिने, पशु बीमा कार्यक्रम शुरू गरिने, तरकारीमा आत्मनिर्भर नगरपालिका बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नगरपालिकाले पर्यटन पूर्वाधार विकासमा विशेष प्राथमिकता दिनुका साथै यहाँ भएका पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटकको लागि आर्कषकको केन्द्रविन्दु बनाउने नीति लिएको छ । नगरपालिकाभित्र भएका मठमन्दिरको उचित संरक्षण गर्ने, उद्योग विकास रणनीति योजना निर्माण गरिने, लघु उद्योगको स्तरोन्नति गर्ने, नगरपालिकाभित्रका सबै स्वास्थ्य केन्द्रमा विशेषज्ञ सहितको टोली खटाउने बताइएको छ ।

ज्येष्ठ नागरिक, अपाङ्ग तथा अशक्त नगरवासीको घरमा पुगेर स्वास्थ्य उपचार प्रदान गरिने, नगरभित्र खेलकुद विकासका लागि ‘नगर खेलकुद कोष’ स्थापना गर्ने, नगरपालिकाभित्र खेलकुद मैदानको स्तरोन्नति गर्ने, सामुदायिक विद्यालयका शिक्षकलाई तालिम प्रदान गर्ने, नगरभित्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महिला हिंसा न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गरी हिंसामुक्त नगरपालिका निर्माण गर्ने, बाल क्लब गठन गर्ने , बालमैत्री नगर घोषणा गर्ने, प्राकृतिक जोखिमको क्षेत्र अध्ययन गर्ने र त्यस क्षेत्रमा वृक्षरोपण गर्ने विपद्मा परेका व्यक्तिलाई राहत प्रदान गरिने, भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गरिने बताइएको छ ।

नगरपालिकालाई प्रविधियुक्त बनाउनका लागि आवश्यक पर्ने ऐन, कानून निर्माण गर्ने, करको दायरा बढाउने बताइएको छ । तारकेश्वर नगरपालिकाले अगाडि सारेको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आगामी आर्थिक वर्षमा २ अर्ब ६ करोड ४६ लाख १४ हजार बजेट प्रस्ताव गरेको छ ।

तीमध्ये आन्तरिक स्रोतबाट २५ करोड ५ लाख ३३ हजार, राजस्व बाँडफाँटतर्फ ५७ करोड ५२ लाख ५१ हजार, अन्य शीर्षकबाट ४५ करोड ७४ लाख ७७ हजार उठ्ने प्रक्षेपण गरेको छ । बाह्य स्रोतअन्तर्गत संघीय सरकारबाट ५९ करोड ६ लाख, प्रदेश सरकारबाट ९ करोड ५२ लाख ५३ हजार, अन्य शीर्षकबाट ५ करोड ५५ लाख अनुमान गरेको छ ।

नगरपालिकाले आगामी आवको चालुतर्फ ६७ करोड ६९ लाख ५६ हजार र पुँजीगततर्फ १ अर्ब ३८ करोड लाग्ने अनुमान गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x