×

NMB BANK
NIC ASIA

गलकोट नगरपालिकाले मुलाको सिन्की बजारीकरण गर्ने

असार १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

बागलुङको गलकोट नगरपालिकाले ढकायोको साँग, बाँको र मुलाको सिन्कीको बजारीकरण गर्ने भएको छ ।

Muktinath Bank

गलकोटको घुम्टेलेक, रमुवा, पाण्डवखानी लगाएको उच्च भागमा पाइने ढकायो साँग, बाँको र मुलाको सिन्किलाई ब्राण्ड बनाएर बजारीकरण गर्ने नीति ल्याएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरपालिकाले ढकायो, बाँको र सिन्किलाई नगरकै पहिचानका रूपमा विकास गरी बजारीकरण गर्ने जनाएको छ । नगर प्रमुख भरत शर्मा गैरेले गलकोटले कोसेलीको रूपमा आगन्तुक पाहुना र पर्यटकलाई सिन्की दिने, विदेशमा भएका आफन्तलाई कोसेली पठाउने गरी बजारीकरणको योजनासहित बजेट तथा कार्यक्रममा समेटेको बताए ।


Advertisment
Nabil box
Kumari

‘यहाँका केही घरबासले ढकायो, मुला र बाँकोको सिन्कीलाई मुख्य आकर्षक परिकारका रुपमा बनाउँदै आएका छन्, गलकोटमा दरमकोखालाको माछा जतिकै प्रख्यात छ त्यतिकै यहाँको उच्च भागमा पाइने बाँको र ढकायोलाई सिन्किको रुपमा बजारीकरण गर्ने हाम्रो नीति हो,’ उनले भने, ‘स्थानीय महिलाले उत्पादन गरेको सिन्कीलाई हामीले खरिद गरेर मायाको चिनो तथा उपहार तथा कोसेलीका रूपमा बजारीकरण गर्छौं, जसका लागि यो वर्ष बजेटको समेत व्यवस्थापन गरेका छौं ।’

Vianet communication
Laxmi Bank

नगरपालिकाले उद्यम विकासमा २६ लाख र लघु उद्यम विकास कार्यक्रममा ३० लाख रुपैयाँ बजेट समेत व्यवस्थापन गरेको छ । नगरपालिकाले नयाँ कृषि, पशुपन्छी फर्म र घरेलु उद्योग स्थापनका लागि २० लाखभन्दा बढी लगानी गर्ने ५० युवाका लागि ५ वर्षसम्मका लागि ब्याजमा ५० प्रतिशत अनुदान दिने नीति ल्याएको छ । 

गलकोटले मात्रै होइन, बागलुङका १० पालिकामध्ये अधिकांश स्थानीय तहले कृषिउपज तथा स्थानीय हस्तकला र घरेलु उत्पादनलाई बजारीकरण गर्ने जिम्मा पालिकाले लिन नीति ल्याएका छन् । १० पालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा स्थानीय उत्पादनको बजारीकरणलाई प्राथमिकतामा राखेको पाइएको छ ।

उत्पादन भएका घरेलु वस्तुले बजार नपाएको गुनासोपछि पालिकाले यस्तो नीति ल्याउन थालेका हुन् । 

बागलुङको जेठो पालिका बागलुङ नगरपालिकाले घरेलु उत्पादनको बजारीकरणका लागि कृषि गाडी सञ्चालन गर्ने, घरेलु मदिरा ब्राण्डिङ गर्ने नीति ल्याएको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । ‘घरेलु मदिरा फाल्ने, विदेशी मदिरा खाने प्रचलन मौलाउँदो छ, नगरपालिकाले घरेलु मदिरा ब्राण्डिङ गर्ने र बिक्री वितरण गर्न दिने नीति ल्याएको छ, यस्तै अग्र्यानिक कृषिउपजलाई बजार ल्याउनका लागि नगरपालिकाले कृषि गाडी सञ्चालनमा ल्याउने नीति ल्यएको छ,’ उनले भने, ‘ब्राण्ड र लेवलिङ गर्न सके घरेलु मदिरा समेत बिक्री वितरण गर्न पाइन्छ, नगरपालिकाले कृषि गाडी सञ्चालनमा ल्याएपछि गाउँको उत्पादन सर्वसुलभ रूपमा बजारमा ल्याइने व्यवस्था मिलाइने छ ।’

नगरले कृषि गाडी सञ्चालनसँगै दूध, अण्डा, मासु र तरकारी, आत्मनिर्भर बागलुङ नगरी रूपमा विकास गर्ने कार्यक्रम अगाडि सारेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x