
काठमाडौं, २० पुस–सभामुख ओनसरी घर्तीले संसदको गतिरोध खुलाउन पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेकी छन् ।
बुधबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटार पुगेर सभामुख घर्तीले गतिरोध फुकाउने गरी अग्रसरता लिन प्रधानमन्त्रीलाई आग्रह गरेकी हुन् । विपक्षीलाई पनि सहमतिमा ल्याउने गरी अग्रसरता लिन सभामुखले प्रधानमन्त्रीलाई आग्रह गरेको
सभामुखका प्रेस सल्लाहकार बबिन शर्मालबताए । आइतबार अगाडि नै दलहरुबीच सहमति गरेर संसद सुचारु गर्न पहल गर्न सभामुखले प्रधानमन्त्रीलाई आग्रह गरिन् ।
प्रमुख विपक्षी एमालेले २२ गतेको प्रदर्शनसम्मका लागि संसद रोक्न माग गरेपछि सभामुखले २४ गते आइतबारसम्मका लागि सूचना टाँसेर संसद स्थगित गरेकी थिइन् ।
भेटमा सभामुखले यसअघि गरेका पहलबारे प्रधानमन्त्रीलाई जानकारी गराइन् । जवाफमा प्रधानमन्त्री प्रचण्डले २४ गते अगावै आफूले सहमतिको प्रयास गर्ने बताएका थिए ।