१० साउन २०८३, आइतबार

रुसले बेलारुसलाई आणविक हतियार उपलब्ध गराउने, तनावमा नेटो

असार १३, २०७९
रुसले बेलारुसलाई आणविक हतियार उपलब्ध गराउने, तनावमा नेटो

रुसले बेलारुसलाई इस्कन्दर–एम नामक छोटो दूरीको क्षेप्यास्त्र प्रणाली उपलब्ध गराउने भएको छ । 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसी समकक्षी अलेक्जेन्डर लुकाशेन्कोसँग शनिवार भेटघाटका क्रममा यो कुरा बताएका हुन् । 

‘निर्णय लिइसकेको छ । अबको केही महिनामा हामी बेलारुसलाई इस्कन्दर–एम ट्याक्टिकल क्षेप्यास्त्र प्रणाली उपलब्ध गराउँछौं । यसमा ब्यालिस्टिक र क्रुज क्षेप्यास्त्र दुवै प्रयोग गर्न मिल्छ । परम्परागत र आणविक हतियार दुवै यसमा राख्न मिल्छ,’ पुटिनले बताए । 

यस भेटघाटमा लुकाशेन्कोले पुटिनलाई बेलारुसी जेट विमानको स्तरोन्नति गर्नका लागि सहयोगको आग्रह पनि गरे । त्यसो गर्दा विमानमा आणविक वारहेड बोक्न सकिने लुकाशेन्कोको लक्ष्य छ ।

बेलारुसी हवाईक्षेत्र नजिक अमेरिका र नेटोले आणविक क्षमतायुक्त युद्धविमानहरूको प्रशिक्षण उडान गरिरहेकाले लुकाशेन्को चिन्तित छन् । 

पुटिनले यसमा सहयोग गर्ने बताएका छन् । तर बेलारुसी विमानको आधुनिकीकरण रुसका विमान कारखानाहरूमा गर्नुपर्ने उनको भनाइ छ । 

बेलारुसले पनि आणविक हतियार पाउन लागेपछि नेटो चिन्तित भएको छ । बेलारुसको बाटो भएर रुसले पोल्यान्डको सुलवाकी ग्यापमा कब्जा जमाउने पीर नेटोले लिएको छ । लिथुएनिया र पोल्यान्डको बीचमा रहेको त्यही सुलवाकी ग्यापले बेलारुसको भूभाग पनि छुन्छ । सुलवाकी ग्यापको पल्लो भागमा रुसी भूमि कालिनिनग्राड छ ।
 

salt training

कमेन्ट गर्नुहोस्