१३ असार २०८३, शनिबार

राजदूत श्रेष्ठसँग नेपाल–चीन उद्योग वाणिज्य संघका पदाधिकारीको छलफल

राजदूत श्रेष्ठसँग नेपाल–चीन उद्योग वाणिज्य संघका पदाधिकारीको छलफल

चीनका लागि नवनियुक्त नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र नेपाल–चीन उद्योग वाणिज्य संघका पदाधिकारीबीच सोमवार छलफल भएको छ ।

नेपाल र चीनबीच विद्यमान आर्थिक तथा व्यापार सम्बन्ध तथा क्रियाकलापहरू प्रवद्र्धनका विषयमा छलफल भएको हो ।

छलफलका क्रममा संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले केही वर्षदेखि विश्वव्यापीरूपमा देखापरेको कोभिड–१९ प्रभावले थला परेको २ देशबीचको आर्थिक, व्यापार, पर्यटन र लगानीको क्षेत्रलाई पुनर्जीवन गर्न विभिन्न क्रियाकलाकको आयोजना गरिनुपर्ने बताए । २ देशबीच हुने व्यापार, व्यवसाय सञ्चालन तथा वृद्धिका लागि तातोपानी तथा केरुङ नाकामा रहेका समस्या, हवाई सेवा विस्तार र विद्यमान समस्याको समाधानका लागि समेत उनले अनुरोध गरे ।

‘नेपालबाट निर्यात प्रवद्र्धनका लागि पहल गरिनुपर्ने तथा अन्य मुलुकहरूका लागि भिसा खुला भए तापनि हालसम्म नेपालीहरूलाई व्यापारिक भिसा खुला नगरिएको हुँदा त्यसका लागि समेत पहल गर्नुपर्छ,’ उनले भने ।

संघका अध्यक्ष तुलाधरले भिसा र पासको व्यवस्था नहुँदा नाकामा आवतजावत गर्न निकै समस्या रहेको र सडक सञ्जाल तथा भौतिक संरचनाको यथाशीघ्र विकास तथा विस्तार गरिनु आवश्यक रहेको बताए । ‘बेइजिङ तथा सांघाई जस्ता ठूला शहरहरूबाट सिधा हवाइ सम्पर्क विस्तार गरिनुपर्छ र चिनियाँ बैंकको स्थापना गरी बैंकिङ कारोबारमा वृद्धि गरिनुपर्छ,’ उनले भने ।

नवनियुक्त राजदूत श्रेष्ठले व्यापार घाटा कम गर्ने गरी  देशको निर्यात वृद्धि, लगानी एवं पर्यटन प्रवद्र्धनका साथै नेपाली व्यापारीहरूले भोग्दै आएका विभिन्न समस्या समाधानका लागि पर्याप्त ध्यान दिने आश्वासन दिए । नेपालबाट चीनमा निर्यात व्यापार बढाउन सकिने उपाय तथा २ देशबीच आर्थिक, व्यापारिक क्षेत्रका अवसर र समस्याबारे धेरै जानकारी लिने अवसर पाएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्