३१ जेठ २०८३, आइतबार

पाँच वर्षसम्म चार किमी सडक नसक्ने निर्माण व्यवसायीलाई कारबाहीको तयारी

पाँच वर्षसम्म चार किमी सडक नसक्ने निर्माण व्यवसायीलाई कारबाहीको तयारी

सडक डिभिजन कार्यालय काठमाडौँले पटकपटक म्याद थप गर्दा पनि पेप्सीकोला–मूलपानी–ब्रह्मखेल चार किमी सडक कालोपत्र नसकिएपछि निर्माण व्यवसायीलाई कारबाहीको तयारी भएको छ । 

डिभिजनले आव २०७३/०७४ मा चार किमी सडक निर्माणका लागि रु १९ करोडको लागतमा ठेक्का गरेको थियो । पहिलोपटक १८ महिना समय दिए पनि भण्डार÷थोडुङ÷वल्र्डवाइड÷महालक्ष्मी जेभीले काम नगरेपछि पटकपटक स्पष्टीकरण सोधिएको डिभिजनका इञ्जिनीयर तुलाकान्त चौधरीले जानकारी दिनुभयो ।

    ठेक्काको पाँच वर्षमा निर्माण कम्पनीले एक हजार ८०० मिटर सडक मात्र कालोपत्र गरेको छ । दुई हजार २०० मिटर सडकमा अझै भएको छैन । सडकको दायाँबायाँ लगाएको पर्खाल पनि ठाउँ ठाउँमा भत्केको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ४ र ५ जोड्ने मनोहरा बोदिनी खहरेमा कम गुणस्तरको काम भएको स्थानीय सीताराम नेपालले गुनासो गरे । 

 डिभिजनले तीन पटकसम्म सकड निर्माणको समय थप गरेको छ । निर्माण व्यवसायीलाई पटकपटक काम गर्नका लागि पत्राचार गरिएको डिभिजन कार्यालयले जनाएको छ । पछिल्लोपटक असार १० गते पनि छिटो काम गर्न भन्दै डिभिजनले पत्राचार गरेको थियो । काम नगरे किन कानूनी कारबाहीको प्रक्रिया अघि नबढाउने भनी पत्राचार गरिएको छ । तीन दिने म्याद दिएर कार्यालयमा हाजिर हुन निर्माण व्यवसायीलाई निर्देशन दिए पनि आएका छैनन् । 
 

salt training

कमेन्ट गर्नुहोस्