१४ असार २०८३, आइतबार

विराटनगर विमानस्थल पीडितको मागप्रति प्रधानमन्त्री सकारात्मक

विराटनगर विमानस्थल पीडितको मागप्रति प्रधानमन्त्री सकारात्मक

कि जमिनको मुआब्जा दिनुपर्ने कि रोक्का जमिन फुक्का गरिनुपर्ने माग राखेर एक सातादेखि सडक आन्दोलनमा रहेका विराटनगर विमानस्थल पीडितहरूको मागमा प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक देखिएका छन् । उनले पहिले जमिनको रोक्का फुकुवा गरिदिने र पछि बजेटको ब्यवस्था गरेपछि विमानस्थल क्षेत्रीय स्तरको बनाउन आफूले सक्दो सहयोग गर्ने बताएका छन् । 

नेपाली कांग्रेसका केन्द्रिय सदस्य अमृत अर्याल, विराटनगर महानगर पालिकाका पूर्व मेयर तथा नेका केन्द्रिय सदस्य भीम पराजुली सहित ५ जनाको टोलीले प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेर २० बर्षदेखि विराटनगर विकासमा पछि पर्दै गएको र विकासका लागि प्रधानमन्त्रीले पहल गरिदिन आग्रह गरेको थियो । 

विराटनगर विमानस्थल क्षेत्रीय स्तरको बनाउन बजेट बिनियोजन नगरिएको र स्थानियको मुआब्जा पनि वितरण नगरिएको कारण स्थानियले सडक आन्दोलन गरिरहेको जानकारी अर्यालले प्रधानमन्त्रीलाई गराएका थिए । पूर्व मेयर पराजुलीले विराटनगर विमानस्थलको ठेक्का लागि सकेको टर्मिनल भवनको ठेक्का रद्द गरेर विराटनरको विकासलाई पछि धकेल्ने काम भएको प्रधानमन्त्रीलाई बताए । 

आधा घण्टा विराटनगरका समस्या सुनेका प्रधानमन्त्रीलाई विराटनगरको रिङ रोड शिलान्यास भएको ४० बर्ष पुग्दा पनि नबनेको, विराटनगरको ढुवानको समस्या समाधान नभएको, प्रदर्शनी स्थल नबनेको, ६ सय विगा जमिन भएर पनि अमडुवामा स्पेशल इकोनोमिक जोन बन्न नसकेको लगायतका माग पराजुलीले राखेका थिए । 


 

salt training

कमेन्ट गर्नुहोस्