२१ असार २०८३, आइतबार

रामकुमारी झाँक्रीले दिइन् नवनियुक्त मन्त्रीहरुलाई बधाई

रामकुमारी झाँक्रीले दिइन् नवनियुक्त मन्त्रीहरुलाई बधाई

निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पार्टीका तर्फबाट नवनियुक्त मन्त्रीहरुलाई बधाई दिएकी छन् । यसअघि पार्टीको निर्णयअनुसार पद छाड्न नमानेको भन्दै झाँक्रीलगायतका पार्टीका मन्त्रीहरुको आलोचना भएको थियो । 
पार्टीको निर्णय लागू नै हुने भएपछि आइतबार झाँक्री पत्रकार सम्मेलनमा रोएको विषय थप चर्चाको विषय बनेको थियो । यहीबीचमा सोमबार उनले नवनियुक्त मन्त्रीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी हुन् । 
‘नवनियुक्त पर्यटन मन्त्री माननीय जीवन राम श्रेष्ठ, स्वास्थ्यमन्त्री माननीय भवामी खापुङ, श्रम मन्त्री   माननीय शेर बहादुर कुँवर, शहरी विकास मन्त्री माननीय मेटमणि चौधरी, स्वास्थ्य राज्यमन्त्री माननीय हिरा चन्द्र केसीलाई हार्दिक हार्दिक बधाई तथा सफल र प्रभावकारी कार्यकालको शुभकामना’, उनले ट्वीटरमा भनेकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्