१८ असार २०८३, बिहीबार

राप्रपाद्वारा किसानलाई मलको माग गर्दै कृषि कार्यालयमा धर्ना

राप्रपाद्वारा किसानलाई मलको माग गर्दै कृषि कार्यालयमा धर्ना

राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले किसानलाई रासायनिक मल उपलब्ध गराउन माग गर्दै आज दिनभर जिल्ला कृषि विकास कार्यालय भक्तपुरमा धर्ना दिएको छ । राप्रपाका सहमहामन्त्री रवीन्द्रप्रताप शाहको नेतृत्वमा केन्द्रीय सदस्य रामेश्वर थापा, जिल्ला अध्यक्ष रामशरण लामिछानेसहित सयौँ नेता तथा कार्यकर्ताले विरोध ¥याली प्रदर्शन गर्दै धर्ना दिएका हुन् ।

असारमा धान रोपेर खेती गर्ने बेलामा रासायनिक मल नदिएको भन्दै सल्लाघारीबाट सुरु भएको विरोध ¥याली सूर्यविनायकस्थित कृषि विकास कार्यालय अगाडि धर्ना दिएर विरोध प्रदर्शन गरेको थियो । 

कार्यक्रममा सहमहामन्त्री शाहले तत्काल किसानका लागि मलको व्यवस्था गर्न माग गरे । 

salt training

कमेन्ट गर्नुहोस्