
नेकपा (एकीकृत समाजवादी)को प्रथम केन्द्रीय परिषद् बैठक आज सम्पन्न हुँदैछ ।
आज सम्पन्न हुने बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल तथा परिमार्जन सहित पारित हुनेछ ।
देशभरबाट करिब एक हजार ५०० सहभागी केन्द्रीय परिषद्मा छलफल भएपछि उक्त प्रतिवेदन परिमार्जनसहित आज पारित गरिन लागेको हो ।
यसअघि सोमवार बसेको बैठकमा अध्यक्ष नेपालको ३४ पृष्ठ लामो प्रतिवेदनलाई १२ बुँदामा प्रस्तुत गरिएको थियो ।
अध्यक्ष नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिदेखि आगामी कार्य योजनासम्म समेटिएका छन् ।