१९ असार २०८३, शुक्रबार

वृद्धवृद्धा र अशक्तलाई निःशुल्क यातायात सुविधा

वृद्धवृद्धा र अशक्तलाई निःशुल्क यातायात सुविधा

पर्साको बिन्दबासिनी गाउँपालिका अध्यक्षको गाडी पालिकाका वृद्धवृद्धा र अशक्तको यातायातका लागि उपलब्ध हुने भएको छ । पालिका अध्यक्ष प्रमोद तिवारीले वृद्धवृद्धा र अशक्त व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म पुर्‍याउने र घरसम्म ल्याउने यातायातको साधनका रुपमा आफ्नो गाडी प्रयोग गर्ने निर्णय गरेका हुन् । 

प्रमुख प्रशासकीय अधिकृत राजु साहका अनुसार बिन्दबासिनीमा अब सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जानुपर्ने वृद्धवृद्धा र अशक्तलाई लक्षित गरी पालिकाले निःशुल्क यातायात सुविधा उपलब्ध गराउने भएको हो । अध्यक्षको सवारी साधन निःशुल्क उपलब्ध गराउने कार्यपालिकाको बैठकबाट निर्णय भएको गाउँपालिकाका साहले जानकारी दिए  । 

    यसैगरी  गाउँपालिका भित्रका बिरामीको उपचारका लागि पालिकाबाट वीरगञ्ज कुनै पनि स्वास्थ्य संस्था वा अस्पतालमा पुग्न वा ती स्वास्थ्य संस्थाबाट उपचार गरी घरसम्म आउन इन्धन खर्चबापत न्यूनतम शुल्कप्रति बिरामी रु पाँच लिई गाउँपालिको एम्बुलेन्सबाट ल्याउने लैजान गरी व्यवस्थापन मिलाउने योजना रहेको पालिका अध्यक्ष तिवारीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्