
बाँके बैजनाथ गाउँपालिका-८ स्थित शंकर माध्यामिक विद्यालयका प्रधानाध्यापक मुहम्मद युनुस खाँविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
छात्रवृत्ति रकम र कम्युटर खरिदमा हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
अख्तियारका अनुसार विद्यालयले प्राप्त गरेको रकम जुन कामका लागि खर्च निकासा भएको हो सो काममा खर्च नगरी खाँले छात्रवृत्ति र कम्युटर खरीदतर्फको रकममा तीन लाख दुई हजार १९७ रूपैयाँ हिनामिना गरेको पाइएको छ ।
जिल्ला शिक्षा कार्यालय बाँकेबाट २०६८ देखि २०७४ सम्मको छात्रवृत्तिका लागि प्राप्त रकममा खाँले हिनामिना गरेको देखिएको अख्तियारले जनाएको छ ।