२३ असार २०८३, मंगलबार
ओलीको बोली

एसपीपीमा आफूमाथि आरोप लगाइएपछि प्रचण्डप्रति ओलीको आक्रोश- योभन्दा ढाँट र फट्याइँ के हुन्छ ?

एसपीपीमा आफूमाथि आरोप लगाइएपछि प्रचण्डप्रति ओलीको आक्रोश- योभन्दा ढाँट र फट्याइँ के हुन्छ ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सैन्य सम्झौता राज्य साझेदारी कार्यक्रम (एसपीपी)मा आफ्नो नाम जोडेकोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रोश जनाएका छन् । उनले एसपीपीको अहिले सार्वजनिक भएको घातक ड्राफ्ट अहिलेको सरकारले बनाएको आरोप लगाए ।

मदन भण्डारी फाउण्डेसनले मंगलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सत्ता गठबन्धनका नेताहरूले राष्ट्रियताको विषयलाई तमासाको विषय बनाएको आरोप लगाएका हुन् । 

‘एसपीपी केपी ओलीको समयमा ल्याएको थियो भनेर एकजना नेताले भनिरहेका छन्, मैले रोकाएँ भनेर भनिरहेका छन् । योभन्दा बढ्ता ढाँट र फट्याइँ के हुन्छ ?,’ प्रचण्डप्रति ओलीले भने, ‘एसपीपीको ड्राफ्ट यसअघि कसैले पत्र लेखेको थिएन, यो घातक छ । जनताले आवाज उठाएपछि गठबन्धन पछि हटेको हो ।’

ओलीले एमसीसीको विरोध गरेका प्रचण्ड पछि लाचार भएर पारित गर्न राजी भएको बताए । ‘एमसीसी शेरबहादुर देउवा र पुष्पकमल दाहालले सम्झौता गर्नुभयो, उहाँहरूले पास गर्नुभयो । बीचमा किन सडक भत्काउनु परेको थियो, किन प्रहरीसँग झडप गर्नुपरेको थियो ?,’ ओलीले भने, ‘सेप्टेम्बर २९ मा एमसीसीलाई पत्र लेख्ने, अर्कोतिर पास हुँदै हुन्न भनेर झुट बोलेर, दोहोरो भूमिका खेलेर लाचार भएर पास गर्नुभयो, जनतालाई धोका दिएर पास गर्नुभयो ।’ 

प्रचण्डको भूमिकाप्रति ओलीले थप प्रश्न गर्दै भने, ‘पहिला यो राष्ट्रहितविपरीत भनेर किन उफ्रिनु भयो ? सभामुखको पद जाने अवस्था भएपछि पास गर्नुभयो । सभामुखको पदसँग साट्ने कुरा हो राष्ट्रियता ?,’ 
 

salt training

कमेन्ट गर्नुहोस्