१९ असार २०८३, शुक्रबार

पत्रकार मल्लमाथिको झुटा मुद्दा खारेज गर्न माग

कात्तिक २०, २०७४
पत्रकार मल्लमाथिको झुटा मुद्दा खारेज गर्न माग
काठमाडौँ, ८ साउन । नेपाल प्रेस युनियनले युनियन बाजुराका अध्यक्ष छक्कबहादुर मल्ललाई प्रहरीले घटनाको गहिराइमा नपुगी नियन्त्रण लिएको भनी दुःख व्यक्त गरेको छ । 

युनियनका महासचिव अजयबाबु शिवाकोटीले आज विज्ञप्ति जारी गरी राजनीतिक प्रतिशोध साँधी नेकपा (एमाले)का कार्यकर्ताले झुठा मुद्दा दायर गरी प्रहरीलाई नियन्त्रणमा लिन लगाएको तथा तीन साताअघि छेडेदह गाउँपालिकाबाट समाचार संकलन गरी सदरमुकाम मार्तडी फर्कने क्रममा उनीमाथि आक्रमण भएको आरोप लगाइएको छ । 
युनियनले घाइते मल्लको उचित उपचारको आवश्यक व्यवस्था मिलाउनाका साथै उहाँमाथि लगाइएका झुठा मुद्दा खारेज गर्न स्थानीय प्रशासनसमक्ष माग गरेको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्