१९ असार २०८३, शुक्रबार

यो विद्यालयमा टीचरहरू हेल्मेट लगाएर पढाउँछन्, कारण छ अचम्मको

कात्तिक २०, २०७४
यो विद्यालयमा टीचरहरू हेल्मेट लगाएर पढाउँछन्, कारण छ अचम्मको

काठमाडौं, ८ साउन — तपाईंले क्लासमा टीचरले हेल्मेट लगाएर पढाएको देख्नुभएको छ ? बच्चाहरूले टीचरमाथि ढुंगा हान्छन् र बच्नुपर्छ भनेर हेल्मेट लगाएका होइनन् । हेल्मेटका बारेमा ज्ञान दिन पनि उनीहरूले यसो गरेका होइनन् ।


भारतको तेलंगानामा पानी पर्दा एउटा स्कूलको थोत्रो भवन कुनै पनि बेला लड्न सक्ने भएकाले टीचरहरूले हेल्मेट लगाएका हुन् । मेडक जिल्लाको चिन्ना शंकरमपेटमा रहेको यो स्कूलको भवन ६० वर्ष पुरानो छ । पानी पर्दा यो भवन अत्यन्त असुरक्षित हुन्छ ।

पानी पर्दा शिक्षक र विद्यार्थीहरू भवनबाहिर दौडिन्छन् ।

तेलंगानामा चार दिनदेखि धेरै पानी परिरहेको छ । यसबाट हैरान भएका शिक्षकहरूले हेल्मेट लगाएर क्लास लिने अनौठो तरिका अपनाए । यो विरोध गर्ने एक तरिका पनि थियो ।

छतबाट पानी तपतप चुहिने भएकाले हेल्मेट उपयोगी हुन्छ अनि छतका पाप्रा उक्किँदा झर्ने भएकाले पनि हेल्मेट काम लाग्छ ।

स्कूलमा ठूलो कक्षाका विद्यार्थीहरू मात्र पढ्न आएका छन् अहिले । अघिल्लो हप्ता छत खस्दा दुई विद्यार्थी घाइते भएका थिए ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्