२८ जेठ २०८३, बिहीबार

बाढीले डाइभर्सन बगाएपछि नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाढीले डाइभर्सन बगाएपछि नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध
तस्वीर सौजन्य : सामाजिक सञ्जाल

अविरल वर्षाका कारण स्थानीय खहरे खोलामा आएको बाढीले डाईभर्सन बगाएपछि नारायाणगढ बुटवल सडकखण्ड अवरुद्ध बनेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सिमाक्षेत्रमा पर्ने पुल निर्माणको क्रममा बनाइएका ३ वटा डाईभर्सन बगाएपछि सडक राजमार्ग पुर्णरुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक जयराम वन्तले लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार बिहान ६ बजेदेखि सडक अवरुद्ध भएको हो । 

सडक अवरुद्ध भएपछि पश्चिमतर्फ जाने र आउने सवारीसाधनहरू ठप्प भएका छन् ।

सो ठाउँमा डाइभर्सन मंगलवार दिउँसो पनि बगाएको र पछि मर्मत गरेर  सञ्चालनमा ल्याइएको प्रहरी निरीक्षक वन्तको भनाइ छ । 

तर बेलुकादेखि परेको भारी वर्षाका कारण सो डाइभर्सन फेरि बगाएको हो । 

अहिले पनि भारी वर्षा भइरहेकाले सडक खुलाउन समय लाग्ने प्रहरी निरीक्षक वन्तले बताए । 

उनले भने,‘पानी रोकिएको ३/४ घन्टामा डाइभर्सन मर्मत गरेर सडक सञ्चालनमा ल्याउन सकिन्छ ।’ 
 

salt training

कमेन्ट गर्नुहोस्