
विगत एक दशक यता कलाकारीतामा सक्रिय युवा कलाकार लक्ष्मण श्रीले एक्सेलेन्ट अर्वाड पाएका छन् ।
दोस्रो राष्ट्रीय ग्राण्ड म्युजिक अवार्ड २०७८मा उनलाई सो अवार्ड दिइएको हो ।
शिक्षा विज्ञान तथा प्रविधी मन्त्रि देवेन्द्र पौडेलले उनलाई सम्मान तथा अवार्ड प्रदान गरेका हुन् ।
उनले थुप्रै गीतहरूमा गायन अभिनय तथा नृत्य गरेका छन् ।
उनले गाएका गीतहरूमा हिमालको काखैमा, श्रृष्टिकी रचना हौ, मेरा हरेक सफलतामा, यो दिलमा नाम लेख्ने, इतिहासको पानामा लगायत छन् ।
यस्तै वरिष्ठ लोक गायक अमरविरही गुरुङलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, राष्ट्रिय पत्रकार सम्मान पत्रकार विपुल पोखरेललाई र दशकका श्रष्टा सम्मानमा सर्जक करण नेउपाने लगायतलाई विभिन्न अवार्ड मार्फत सम्मान गरिएको छ ।