०६ असार २०८३, शनिबार

काठमाडौं–विराटनगर उडान ढिलो गरी शुरू, नेपालगञ्जबाट हुने पश्चिमी उडान प्रभावित

काठमाडौं–विराटनगर उडान ढिलो गरी शुरू, नेपालगञ्जबाट हुने पश्चिमी उडान प्रभावित

मौसम खराबी कारण केही विमानस्थलमा बुधवार ढिलो गरी मात्रै उडान शुरू भएको छ ।

काठमाडौंबाट बाहिर जाने विमानस्थलमा विराटनगर मात्रै बिहान पौने ११ बजेपछि खुल्यो ।  अरू विमानस्थलमा उडान ढिलो गरेर भए पनि भइरहेको छ । 

नेपालगञ्जबाट हुने पश्चिमका विमानस्थलमा भने उडान हुन सकेको छैन । नेपालगञ्जबाट पश्चिमका डोल्पा, बाजुरा, डोटीसहितका क्षेत्रमा जाने उडान पूर्ण प्रभावित भएको छ । 

काठमाडौैंबाट हुने शहरी क्षेत्र (हब) विमानस्थलमा भने उडान नियमति नै भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्