
बैतडीमा बलात्कार आरोपमा वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन् ।
मेलौली नगरपालिका-१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँ बस्ने केशव सिंह पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले पीडित महिलाले दिएको जाहेरीका आधारमा वडाध्यक्षसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेकाे जानकारी दिए ।
उनीहरूमाथि जबर्जस्तीकरणी गरेको आरोप लागेको र पीडितको जाहेरीका आधारमा मंगलवार नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता जोशीले बताए । अध्यक्ष नेगी गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएका हुन् ।