×

NMB BANK
NIC ASIA

पाल्पामा रोपाइँको चहलपहल

असार १५, २०७९

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

पाल्पामा असारको मध्यसम्म करीब ३५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

Muktinath Bank

कृषि ज्ञान केन्द्रका प्रमुख कामना अधिकारीका अनुसार रामपुरबाहेक जिल्लाका सबैजसो पालिकामा रोपाइँको चहलपहल शुरू भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाँझो रहेका, पानीको पर्याप्त सुविधा भएका जमिन तथा खोलाखेतमा रोपाइँ शुरू भएको छ । 


Advertisment
Nabil box
Kumari

जिल्लामा असारको पहिलो हप्ताबाट धान रोपाइँको चहलपहल शुरू भएको हो । बाँझो जमिन र सूर्यमुखीको उत्पादन लिइएको करीब ३ रोपनी जग्गामा धान रोपाइँ सम्पन्न गरिएको रम्भा गाउँपालिका–१ सगाहका कृषक ऋषिराम अर्यालले बताए ।

Vianet communication
Laxmi Bank

मकै लगाइएको खेतमा असारको अन्त्यतिर रोपाइँ गरिन्छ । धान दिवसका अवसरमा पाल्पाको पूर्वखोला गाउँपालिका–३ रिङ्नेरहमा कृषि ज्ञानकेन्द्रको सहयोगमा विशेष रोपाइँ महोत्सव तथा धान दिवस कार्यक्रम आयोजना गरिएको छ । महिला तथा पुरुषका लागि हिले दौड प्रतियोगिता रहेको छ ।       

आजको दिन खेतमा धान रोपाइँसँगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसाय रहेकाहरूले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । 

आज १९औं धान दिवस ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग धान खेतीको आधार’ भन्ने नाराका साथ मनाइँदैछ । नेपालमा २०६२ सालदेखि असार १५ गतेलाई धान दिवसका रूपमा मनाउँदै आएको छ ।

पाल्पामा करीब ८ हजार ६२० हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिँदै आएको छ । मनसुन छिटो भित्रिएकाले भने यस वर्ष छिटो रोपाइँ शुरू भएको छ । जिल्लाको माडीफाँट, अर्गली, रामपुरफाँट, हुँगी, हेक्लाङ्ग, पूर्वखोला, दोभान लगायतका क्षेत्र धान उत्पादको मुख्य पकेट क्षेत्र हुन् । 

पछिल्लो समय गाउँगाउँमा कृषि यान्त्रीकरणको विकासले पनि धान रोपाइँ छिटोछरितो हुने गरेको छ । सावित्री, हाइब्रिड, रामधान, सावाँ मन्सुली लगायतका धानका जात जिल्लामा बढी चलनचल्तीमा छन् । रैथाने जात भने यहाँ हिजोआज कमै लगाउने गरिन्छ । उत्पादन बढी लिने उद्देश्यले कृषकहरु उन्नत प्रविधिका धानमा आकर्षित हुन थालेका छन् । 

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । युवा जनशक्ति पलायन, सीमित व्यक्तिका हातमा धेरै जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु, आकासे खेतीमा निर्भर, सिँचाइको व्यवस्था नहुनु, उन्नत जातका बीउबिजन तथा मलखाद तथा अनुदानको राम्रो व्यवस्था नहुँदा धानको उत्पादनमा असर परेको विज्ञहरूले बताएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x