×

NMB BANK
NIC ASIA

मनोहरा खोलाको कटानले बस्ती जोखिममा

असार १५, २०७९

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

चाँगुनारायण नगरपालिका–१ दुवाकोट बेंसीमा मनोहरा नदीको कटानले नदी आसपासका बस्ती जोखिममा परेका छन् ।

Muktinath Bank

हरेक वर्ष वर्षामा पानीको बहाब बढ्दै जाँदा बस्ती जोखिममा पर्दै आएको यस क्षेत्रमा दीर्घकालीन रूपमा समस्या समाधान प्रयास नहुँदा हरेक वर्ष बस्ती जोखिममा पर्दै आएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लामो समय बालुवा तस्करीले खोलाको बालुवा झिकेर बिक्री गरेपछि गहिरिँदै गएको नदीको बहाव नै परिवर्तन गर्दै काठमाडौंको सिमाना छाडेर भक्तपुर तर्फको जमिन कटान गर्दै आएपछि यहाँको बस्ती जोखिममा परेका स्थानीयले बताएका छन् ।


Advertisment
Nabil box
Kumari

केही वर्षयता नदीले आफ्नो धार परिवर्तन गर्दै भक्तपुर तर्फको सिमानामा फैलिँदै जमिन कटान गर्न थालेपछि कतिपयको जग्गा नै खोलामा परेको र बस्ती जोखिममा परेको स्थानीयको भनाइ छ । 

Vianet communication
Laxmi Bank

नदी आसपासका क्षेत्रका करीब १ दर्जन घर टहरा जोखिममा परेका छन् भने यहाँको कुइँकेल गाउँ समेत जोखिममा परेको स्थानीयले बताएका छन् । चाँगुनारायण–१ दुवाकोट र कागेश्वरी मनोहरा नगरपालिका मूलपानीको सिमाना भएर बग्ने मनोहरा नदीले भक्तपुरतर्फ कटान गरेपछि स्थानीयले नदीको बहाव परिवर्तन गर्न खोज्दा मूलपानीका स्थानीयले अवरोध गरेपछि काठमाडौं र भक्तपुरका २ नगरपालिकाका वासिन्दाबीच विवाद बढेको थियो ।

बस्ती जोखिममा परेपछि काठमाडौं र भक्तपुरका ३ नगरका नगर प्रमुख र वडाध्यक्षले मनोहरा नदीको कटान क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

चाँगुनारायणका नगर प्रमुख जीवन खत्री, मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले संयुक्त रूपमा मनोहरा कटान क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन् । नदीले बस्ती जोखिममा पारेपछि चाँगुनारायणका नगर प्रमुख खत्रीको संयोजनमा ३ वटै नगरपालिकाका प्रमुखले एकसाथ स्थलगत निरीक्षण गरी समस्याको स्थायी समाधान खोज्ने गरी छलफल भएको नगर प्रमुख खत्रीका स्वकीय सचिव गोकर्ण पुरीले जानकारी दिए ।

नदी कटान क्षेत्रको चाँगुनारायणका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईं, मध्यपुरथिमिका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थी, कागेश्वरी मनोहराका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, स्थानीय जनप्रतिनिधि, प्राविधिक, स्थानीय प्रशासन र सरोकारवाला पक्षले निरीक्षण गरी स्थायी समाधान खोज्नुपर्ने बताएका थिए ।

मनोहरा खोलाको तटबन्धन निर्माणसहित दिगो व्यवस्थापनका लागि तत्काल संयुक्त रुपमा अवश्यक पलह गर्नेबारे छलफल भएको चाँगुनारायणका प्रमुख खत्रीले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x