१० साउन २०८३, आइतबार

स्पेनमा अलमल्ल परे बाइडन (भिडियो)

असार १५, २०७९
स्पेनमा अलमल्ल परे बाइडन (भिडियो)

स्पेनको राजधानी मड्रिडमा चलिरहेको नेटो शिखर सम्मेलनमा सहभागी हुन मंगलवार त्यहाँ पुगेका अमेरिकी राष्ट्रपति जो बाइडन अलमल्ल परेको भिडियो सार्वजनिक भएको छ । 

स्पेनका राजा फिलिप छैटौंले आयोजना गरेको दिवाभोजमा सहभागी हुने क्रममा बाइडन एउटा कुर्सी समातेर अलमल्ल पर्दै उभिएका थिए । कुर्सीमा घुरेर उभिइरहेका बाइडनलाई स्पेनी राजाले बस्न संकेत गर्नुपरेको थियो । 

भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले वृद्धावस्थाका कारण बाइडनको दिमागले काम गर्न छोडिसकेको बताए । कुर्सीमा बस भनेर निर्देशन दिनुपर्ने अवस्थामा उनी पुगिसकेको उनीहरूको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्