१८ असार २०८३, बिहीबार

जुत्तामा लुकाएर बिनाको तस्करी, कोरियन नागरिक पक्राउ

जुत्तामा लुकाएर बिनाको तस्करी, कोरियन नागरिक पक्राउ

कस्तूरीको बिनाजस्तो देखिने धुलोसहित कोरियन नागरिक पक्राउ परेका छन् । 

मंगलवार काठमाडौंबाट कोरिया जान लागेका कोरियन नागरिक जंग जून जुन ७१६ ग्राम धुलोसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । 

हातेझोला जाँच गर्ने क्षेत्रमा उनलाई ‘मेटल फ्री’ गराएर जाँच गरिएको थियो । सो क्रममा उनले लगाएको जुत्तालाई एक्सरे मेसिनमा ‘स्क्रिनिङ’ गर्दा दुवैमा सेतो रङको प्लास्टिक र टेपले बेरिएको अवस्थामा कस्तुरीको बिनाको धुलो भेटिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । 

थप अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्