असोज १६, २०८०
नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीले मंगलबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) खेलराज पाण्डेयलाई २४ बुँदे ज्ञापनपत्र बुझाएको छ । मेयर पाण्डेयले राजनीतिक प्रतिशोधका आधारमा अघिल्लो नेतृत्वले अघि सारेक...
सरकारले दिँदै आएको तक्मामा प्रयोग हुने सुन र आकारमा हेरफेर गर्ने भएको छ ।
गृह मन्त्रालयको सिफारिसमा विभूषणमा प्रयोग हुने सुनको मात्रा घटाएर तक्माहरूको आकारमा फेरबदल गर्ने मन्त्रिपरिषदले निर्णय गरेको हो ।
सरकारले राष्ट्रलाई विशेष योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान स्वरुप विभूषण दिँदै आएको छ । संविधान दिवसको अवसर पारेर पदक दिँदै आइएको छ ।
यो वर्षको संविधान दिवस (३ असोज) मा हालसम्मकै सबैभन्दा धेरै ६३४ जनालाई मानपदवी, अलंकार र पदकबाट विभूषित गर्ने निर्णय सरकारले गरेको थियो ।
विभूषण सिफारिस कार्यविधि एवं प्रदान सम्बन्धी मापदण्ड, २०७५ ले नेपाली नागरिक वा विदेशी नागरिकले स्वदेश तथा विदेशमा रहेर उल्लेखनीय काम गरेर आ-आफ्नो क्षेत्रमा विशिष्ट योगदान दिए विभूषण प्रदान गर्न सिफारिस गर्न सक्ने व्यवस्था गरेको छ । जसमा राजनीतिक, सामाजिक, आर्थिक, शान्ति सुरक्षा र प्रशासन, शिक्षा, स्वास्थ्य, सूचना, सञ्चार, विज्ञान, प्रविधि, अन्वेषण, अनुसन्धान, खेलकुद र राष्ट्रिय जीवनका अन्य महत्त्वपूर्ण व्यक्तिलाई पदक दिन सकिने भनिएको छ ।
नेपालरत्न, राष्ट्र गौरव, राष्ट्रदीप र जनसेवाश्री गरी चार प्रकारका पदक प्रदान गर्ने गरिन्छ । नेपालरत्न वर्षमा एक जनालाई मात्र दिइन्छ ।
विभिन्न निकायको हकमा जनशक्तिका आधारमा कोटा निर्धारण गरिएको छ । जसअनुसार नेपाली सेनातर्फ बर्सेनि २५, नेपाल प्रहरीमा २०, सशस्त्र प्रहरी बलमा १२ र राष्ट्रिय अनुसन्धानतर्फ ४ जनालाई पदक दिने व्यवस्था छ ।
नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीले मंगलबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) खेलराज पाण्डेयलाई २४ बुँदे ज्ञापनपत्र बुझाएको छ । मेयर पाण्डेयले राजनीतिक प्रतिशोधका आधारमा अघिल्लो नेतृत्वले अघि सारेक...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले समानुपातिक निर्वाचन पद्धति हटाउन नहुने बताएका छन् । समानुपातिक निर्वाचन पद्धति हटाए त्यसले समावेशिता समाप्त हुने उनले बताए । नेपाली कांग्रेस षडानन्द नगरप...
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ज्यान मार्न खोज्ने ‘अपराधी’लाई सरकारले जोखाउन खोजेको आरोप लगाएका छन् । आफूमाथि आक्रमण गर्न खोज्ने सत्ता साझ...
नेकपा (एमाले)का अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले देश अप्ठ्यारोमा परेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनाश्यक रुपमा चीनका विभिन्न ठाउँमा भ्रमण गरेको भन्दै कटाक्ष गरेका छन् । चीनकै ...
प्रतिनिधिसभाका सांसद बासुदेव घिमिरेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग समेत पर्ने जमिन व्यक्तिको नाममा नामसारी गर्ने कार्यमा संग्लन सबैलाई कारबाहीको दायरमा ल्याउन सरकारसँग माग गरेका छन् । म...
कोशी प्रदेशसभाको चौथो अधिवेशन बुधवार दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को यही असोज ११ गते बसेको बैठकले प्रदेश प्रमुख परशुराम खापुङलाई प्रदेशसभा बैठकका लागि सिफारिस गरेको थियो । प्रदेश प्रम...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...