०८ साउन २०८३, शुक्रबार

वाणिज्य विभागले देशैभर बजार अनुगमन गर्ने, उपभोक्ता हितविपरीत काम गर्नेलाई तत्काल कारबाही

वाणिज्य विभागले देशैभर बजार अनुगमन गर्ने, उपभोक्ता हितविपरीत काम गर्नेलाई तत्काल कारबाही
फाइल तस्वीर।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशैभर एकै समयमा बजार अनुगमन गर्ने भएको छ । 

वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूको निर्देशनमा मन्त्रालयले सबै सम्बन्धित नियामक निकाय, जिल्ला प्रशासन, प्रदेश सरकार, उपभोक्ता अधिकारसँग सम्बन्धित निकायसँगको समन्वयमा बजार अनुगमन गर्ने निर्णय गरेको हो । 

वाणिज्य मन्त्रालयले निरीक्षण अधिकृत तोकेरै बजार अनुगमनमा खटाउने भएको छ । मन्त्रालयको समन्वयमा प्रदेशदेखि स्थानीय तहसम्मले बजार निरीक्षण अधिकृत तोक्ने र उनीहरूले उपभोक्ता संरक्षण ऐन तथा नियमावलीअनुसार बजार अनुमगन गर्ने भएका छन् ।

बजार अनुगमनका लागि भन्सार विभागबाट वस्तु, गुणस्तर र लेबलिङसमेत हेरेर मूल्यांकन तथा जाँचपासको व्यवस्था मिलाउने काम हुनेछ । अनुगमनको विवरण हरेक साता सञ्चारमाध्यमबाट सार्वजनिक हुनेछ । 

औषधिजन्य वस्तुको बजार अनुगमन औषधि व्यवस्था विभागले गर्ने भएको छ । यसका साथै सरकारी उपभोक्तासँग सम्बन्धित सार्वजनिक संस्थाले आफ्नो उत्पादन र वस्तुहरूको जानकारी वेबसाइटबाटै दिनुपर्ने निर्णय वाणिज्य मन्त्रालयको उपभोक्ता हित संरक्षण विभागले गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्