
अध्यागमनको ‘सर्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु चेकिङ डेढ घण्टा प्रभावित भएको छ ।
अध्यागमन विभागका सूचना अधिकारी अर्जुन न्यौपानेका अनुसार प्रमुख सर्भर नै डाउन हुँदा डेढ घण्टा यात्रु चेकिङ अवरुद्ध भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जाने यात्रुको चेकिङ अवरुद्ध भएका कारण विमानस्थलमा यात्रुको चाप बढेको छ । यात्रु व्यवस्थापनमा विमानस्थल कार्यालयलाई हम्मेहम्मे परेको छ ।
अहिले सर्भर बनेको र यात्रु चेकिङ शुरू भइसकेको विमानस्थलस्थित अध्यागमन कार्यालयले जानकारी दिएको छ ।